
नवलपुर । अवैद्य सिसौको काठ सहित इन्द्रावती गाउँपालिकाका ४ जना पक्राउ परेका छन । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका १२ बस्ने ४ जनालाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
इन्द्रावती १२ कि वर्ष ५० कि पार्वती दनुवार, वर्ष ६० कि ठुली माया दनुवार, वर्ष ५० कि सानुकान्छी दनुवार र वर्ष ३१ को कान्छामान दनुवार पक्राउ परेका हुन । पुष २४ गते बिहान ११ः३० बजे ईन्द्रावति १२ भेडिचौर चालेचार्पामा सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भएको सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले विभिन्न साईजका सिसौ जातको काठको गोलिया ३० थान लोड भएको ना ६ त ३३३० नम्बरको ट्याक्टर सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।
उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कार्वाहीको लागि डिभिजन वन कार्यालय चौतारामा बुझाईएको बुढाथोकीले जानकारी दिए ।