मेलम्ची । गत बर्ष असारमा आएको बाढीले मेलम्चीमा पुल बगाएपछी यस भेगका नागरीकहरु मारमा पर्दै आएको १८ महीना भयो । पुल संगै यस भेगका नागरीकका खुसि पनि बग्यो ।

पुल बगेपछी भएको स्थानीय तहको निर्वाचनमा पनि चुनावी नारा बनेको पुल बनिहाल्ले सुनिस्चीत भएको थिएन । तर पनि मेलम्ची नगरपालिकाका निर्वाचित नगर प्रमुख आइतमान तामाङले जसरी भएपनि बजेट सुनिश्चित गरि बेलिबृज बनाउने बचन दिँदै आएका थिए ।

बैशाख ३० मा निर्वाचित मेलम्चीका मेयर तामाङ सहित मंसिर चारमा भएको निर्वाचनमा पुल बनाउने नारा बोकेका दुई उम्मेद्वारहरु मोहन बहादुर बस्नेत र कृष्ण कुमार तामाङको बचन भने पुरा हुने देखीएको छ । क्षेत्र नम्बर २ को ४९ वटै वडामा पुग्दा बस्नेतको एउटै कुरा सुनिन्थ्यो त्यो हो मेलम्चीको बेलिबृज जेठ मसान्त अगावै बनाउने ।

 

पुल बनाउने कुरामा हौसिएर भोट हालेका नागरीकको विस्वास अब झन बढ्ने भएको छ । बस्नेतको वचन पुरा हुने मात्र हैन यस भेगका नागरीकले देखेको सपना पनि पुरा हुने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री एवम् सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद मोहन मोहन बहादुर बस्नेतले गरेको चुनावी प्रतिवद्वता अनुरुप मेलम्ची नवलपुर जोड्ने बेलिबृज निर्माणको लागी बजेट बिनियोजन भएको छ । बजेट बिनियोजन भएर ठेक्का आह्वान समेत भइसकेको छ ।

 

पूर्वमन्त्री बस्नेतको विशेष पहलमा मेलम्ची बाढी पीडितले बेली ब्रिज पाएका हुन् । बेली ब्रिज हाल्न दोलखा सडक डिभिजनले करिब ४ करोडको ठेक्का आह्वान गरिसकेको छ । संघिय निर्वाचनको केहि समय पश्चात नै मोहन बहादुर बस्नेतको निर्देशनमा प्रदेश सभाका सांसद कृष्ण कुमार तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरहरुको टोलीले बेलिबृजको लागी सम्भाब्यता अध्ययन सहित नापजाँच भईसकेको छ ।

 

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक डिभिजन चरिकोट, पुल महाशाखा टिप्पणी फाइल दर्ता नम्बर ४४८ मा प्रदेस सांसद कृष्ण कुमार तामाङको समेत हस्ताक्षर रहेको छ । मेलम्ची खोलामा बेलिबृज राख्ने सम्बन्धमा बुझिलिनेमा साँसद तामाङको हस्ताक्षर रहेको छ ।

 

बाढीले तहस नहस भएको मेलम्ची यति बेला सुनसान छ । बाढी पीडितहरू अझै पनि ढुक्कले निदाउन सकिरहेका छैनन् । बर्षायामको समयमा व्यापार व्यावसाय लगभग ठप्प जस्तै हुने गरेको छ । पर्यटकीय नगरी मेलम्ची यतिबेला बगर बनेको छ । क्षेत्र नम्बर २ को केन्द्रविन्दुमा रहेको मेलम्ची बजार उराठलाग्दो बनेको छ ।

बेलिबृज निर्माण मात्र नभई विस्तापित भएका नागरीकको पुर्न स्थापनामा पनि तिनै तहका सरकारको ध्यान जान जरुरी रहेको छ । यस्तै बाढीबाट सबैभन्दा बढी प्रताडीत बनेको हेलम्बुको पुर्नस्थापनामा पनि उत्तिकै जोड दिनु जररी रहेको छ । त्यसका लागि तिनै तहका सरकारले योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने स्थानीयको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!