यस वर्ष पाँचपोखरी थाङ्पाल गाउँपालिकाको समन्वयमा भोताङका किसानहरुले प्रती किलो रु ७० का दरले ४२०० किलो आलु बीउ निर्यात गरेका छ्न ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ भोताङका किसानहरुले ४ हजार २ सय किलो आलुको बिउ निर्यात गरेका छन् । प्रतिकिलो ७० का दरले ४२०० किलो आलुको बिउ वितरण गरिएको गाउँपालिका कृषि विकास शाखाका प्रमुख निमराज गिरीले जानकारी दिए ।

किसानहरुको घर घरमा वडा अध्यक्ष ङिमा छिरिङ तामाङ र भोताङ पशुपालन कृषक समुहका अध्यक्ष सुमेश तामाङले आलु बीउ उत्पादन गर्ने किसानहरुलाई आलु बीउ उपलब्ध गराएको बापतको रकम किसानहरुलाई बुझाएका हुन् । वडा अध्यक्ष तामाङले किसानहरुमा आलु खेती गर्न हौसला बढेको बताए । कृषि शाखाका प्रमुख गिरीका अनुसार यसै वर्ष भोताङमा आलु, कोदो, मुला बालिको अर्गानिक प्रमाणिकर गर्ने कार्यक्रम गाउँपालिका कृषि शाखाले राखेको छ । माघ महिनको ३ गते देखि ९ गते सम्म अर्गानिक प्रमाणिकरण प्रक्रिया सम्बन्धी अर्गानिक ईनेस्पेक्टोर मार्फत तालिम सञ्चालन हुनेछ ।

प्रतिफलमा आधारित कृषि शाखाको नीति अनुसारको महत्वकांंक्षी कार्यक्रम सन्चालन गरि गाउँपालिका अध्यक्ष टासिलामाले शाखालाई निर्देशन दिई अर्गानिक उत्पादनको माध्यमबाट कृषि पर्यटनलाई जोड्न सुझाब दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!