सिन्धुपाल्चोक

दुवै मृगौला फेल भएर उपचाररत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० की ३५ वर्षीय तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गरेकि छन । उनको दुवै मिर्गौला फेल र मुटुमा समेत समस्या भएको छ ।

उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल समेत गरिएको हो । खड्का हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन । आर्थिक अभावका कारण उपचारमा समस्या रहेको उनका श्रीमान् कुल प्रसाद आचार्यले बताए ।

उनिहरुलाई हाल बिहान बेलुकाको छाक टार्न समेत मुस्किल भएको छ । उनिहरुका २ सन्तान छन ।

खड्काको उपचारका सहयोगका लागि मेलम्ची नगरपालिकाले समेत अस्पताललाई विपन्न नागरिक औषधी उपचार निर्देशिका २०७५ अनुसार निःशुल्क उपचार तथा आर्थिक सहुलियत उपलब्ध गराइदिन अनुरोध गरेको छ । उनको सम्पर्क नम्बर ९८४३५४९३३८ रहेको छ ।

सहयोग गर्न चाहने महानुभावले कुल प्रसाद आचार्यको कृषि विकास बैङ्कको खाता नम्बर ०२१०८०००९२७०००१० रकम जम्मा गरिदिन समेत परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!