सिन्धुपाल्चोकको पश्चिमी भेगमा चल्ने आमा याङ्ग्री यातायात प्रालि , सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालीले दिने सेवा प्रति सेवाग्राहीले असन्तुष्टि जनाएका छन् । मेलम्ची, हेलम्बु, इन्द्रावती, पाँचपोखरी लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातका साधनहरुले पछिल्लो समय मनलाग्दि भाडा लिने गरेको भन्दै गुनासो सुनिन थालेको छ ।

गन्तब्य स्थान सम्म तोकिएको समयमै नपुर्याउने, सुपर भन्ने तर लोकल यात्रु चढाउने,सिट क्षमता भन्दा बढि यात्रु बोक्ने र भाडा बढिलिने गरेको मेलम्ची ९ ज्यामिरेका ठाकुरनाथ कुइकेलले गुनासो गरे । यातायातका साधनहरुमा भाडा सुचि नराख्ने र छोटो दुरीमा समेत बढी भाडा लिन थालेको मेलम्ची ६ तालामाराङका दिपक देउजाले बताए । उनले मेलम्ची देखि तालामाराङ सम्मको ६ किलोमिटर रुटको भाडा ६० रुपैयाँ भएको प्रति समेत सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन ।

यो विषयमा आमा याङ्ग्री यातायात प्रालिका अध्यक्ष कान्छाराम श्रेष्ठसँग बुझ्दा गाउँ गाउँमा सुपर गाडि सञ्चालन गरिएको जानकारी दिए । उनले निश्चित भाडा तोकेर स्थानिय तह, प्रहरी कार्यालय लगायत सम्बन्धीत निकायमा समेत जानकारी गराइएको बताए । उनले भने “हामिले अहिले परिक्षणका लागि गाउँ गाउँमा सुपर गाडि चलाएका छौं, बसमा भाडा सुचि पनि अनिवार्य गरेका छौं,यसको जानकारी सम्बन्धीत निकायलाई पनि गराएका छौं” ।

माघ १ गते देखि परिक्षणको लागि सुपर गाडि छोडेको जानकारी दिदै तामाङले अबछिट्टै छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताए । तोकिएको भन्दा धेरै भाडा नतिर्न र कुनै समस्या भएमा समितिमा जानकारी गराउन समेत समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!