सिन्धुपाल्चोकको लिसंखु पाखर गाँउपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सुचना जारी गर्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मंगलबहादुर बिष्टले कार्यपालिकाको निर्णय अनुसार बिदा दिएको जानकारी दिए । २८५९ औँं ह्योई ल्हो (विरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको उनले बताए । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ ।

त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!