
चौथो हेलम्बु स्तरिय फुटबलको फाइनलमा आयोजक न्यु राइजिङ युवा क्लव र हेलम्बु ५ भिडने भएका छन ।
आज सम्पन्न सेमिफाइनलका खेल जित्दै यी दुईले फाइनल भेट पक्का गरेका हुन । सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत भोलि बिहान १० बजे गाँउपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाको प्रभुख आतिथ्यता र नवराज घोरासैनि लगयातका चर्चित कलाकारको प्रस्तुतिका साथ खेल सम्पन्न हुने स्थानिय पत्रकार श्याम शर्मा एलसिले जानकारी दिए ।
टिम सहभागी प्रतियोगितामा प्रथमले १ लाख दोस्रो ले ५० हजार पाउनेछ्न न्यु राइजिङ युवा कल्वका संस्थापक अध्यक्ष साङगे दोङ तामाङले जानकारी दिए । गाउँपालिकाको सहयोग र न्यू राइजिङ युवा क्लवको आयोजनामा खेल संचालन भएको हो ।