कृषि क्षेत्र प्रविधिमैत्री बन्दै स्थानिय तहहरुले ट्याक्टर किन्न किसानलाई अनुदान दिईरहेको बेलामा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले भने गोरु पाल्ने ७ सय ७६ कृषकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँका दरले अनुदान दिएको छ ।

किसानलाई कृषि औजारको रुपमा प्रयोग हुने हाते ट्याक्टरको बदला हलगोरु पाल्न प्रोत्सान गर्दै हजारौं बर्ष देखिको पुरानो प्रचलनलाई थापित गरिदिएको छ । उक्त प्रयोगात्मक अभियानको सुरुवात बाह्रबिसे नगरपालिकाले थालेको हो । नगरपालिकाले हलगोरु पालक किसानलाई प्रोत्साहन स्वरुप एकैपटक ७७ लाख अनुदान वितरण गर्ने भएको छ । जसको सुरुवात बुधबार एक कार्यक्रमको आयोजना गरी प्रति गोरुपालक किसानलाई १० हजारका दरले वितरण गरिएको हो ।

बाह्रबिसे बजार पारी राम्चे फाँटमा ६ हल गोरु समोत एकैपटक नारेर पूर्व सूचना तथा सञ्चारमन्त्री एवम २ नम्बर क्षेत्र प्रतिनिधिसभाका सांंसद मोहन बहादुर बस्नेतले शुभराम्भ गरेका हुन् । गोरु जोतेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका सांसद बस्नेतले कार्यक्रममा भेला भएका सयौं किसानहरुलाई सम्बोधन गर्दै हलगोरु पाल्ने किसानलाई अनुदान दिने सुरुवात नेपालको ७७ जिल्लामै बाह्रबिसे नगरपालिका पहिलो भएको दावी गरे । पछिल्लो पटक गाउँघरमा गाईभैंसी तथा हलगोरु पाल्ने प्रचलन हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री बस्नेतले बाह्रबिसे नगरपालिकाले गरेको उक्त कामको खुलेर प्रसंशा गरे ।

टेक्नोलीको विकास भएपनि किसानको लागि तत्काल ट्याक्टरको भन्दा गोरुको आवश्यकता औंल्याउदै पछिल्लोपटक अन्न उत्पादनमा विस्तारै गिरावट आएको सुनाए । यो विषमा तीनै तहको सरकार गम्भिर हुन नसके भविश्यमा खाद्य बस्तुको संकट आउने समेत उनले चेतावनी दिए । ट्याक्टर खरिद गर्दा किसानको पैसा देश बाहिर जाने तर गोरु किन्दा किसानले नै पैसा पाउने बस्नेतको तर्क छ ।

कार्याक्रमाका सभापति तथा नगरप्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकरणमा राखेर नै किसानमैत्री अनुदान कार्यक्रम ल्याएको बताए । सोही कार्यक्रमको अवसरमा मेयर बस्नेतले ९ वटै वडामा प्रति वडा १० वटाका दरले किसानलाई एउटा भैंसी बराबर ५० हजार अनुदान दिने समेत उदघोष गरे ।

त्यस्तै कार्यक्रमकम नगरकी उपप्रमुख मञ्जु तामाङले किसानले ३, ४ घण्टा लगाएर खेती लगाउनपर्ने जमिन भएको ठाउँमा त्याहाँ गोरुले बाहेक जोत्न नसक्ने रहेछ भन्ने कुरा नगरपालिकाले ठम्याएर किसानहरुलाई प्रोत्साहन स्वरुप यस खालको योजना ल्याईएको बताईन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी पन्थीले हलगोरु पालक किसानलाई आगमी ३ दिन भित्रमा प्रति गोरु पालक किसानका हातमा १० हजार पुग्ने जानकारी दिए । तर किसानले ७ सय ५० रुपैंया बराबरको अनिवार्य बीमा गर्नुपर्ने शर्त रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!