नेपाल विद्यार्थी संघ सिन्धुपाल्चाेककाे अध्यक्षमा पवन घाेरासैनी मनाेनित भएका छन ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले उनलाई अध्यक्षकाे जिम्मेवारी दिएका हुन । आज एक कार्यक्रमको विचमा नेपाली कांग्रेस जिल्ला कार्यसमितीकाे रोहवरमा नेपाल विद्यार्थी संघले पुर्णता पाएको छ ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि घोरासैनीलाई नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको बताईएको छ । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको अध्यक्ष पद रिक्त रहेकाे थियाे । अध्यक्षकाे उमेरहद ३२ वर्ष रहेकाे छ ।
यस्तै उपाध्यक्षमा दिनेश चौलागाई मनोनित भएका छन । उपाध्यक्षहरूः दिनेश चौलागाईं, निश्चल गिरी, दीपक नेपाल रहेका छन । सचिवमा भवेश श्रेष्ठ, दिपेशराज खनाल मनाेनित भए । सह–सचिवमा सन्दिप बस्नेत र छिरिङ शेर्पा मनाेनित हुँदा कोषाध्यक्षमा सरस्वती जि.सि मनोनित भइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!