नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको उपाध्यक्षमा दिनेश चौलागाई मनोनित भएका छन ।

नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष पवन घोरासैनीले उनलाई उपाध्यक्षको जिम्मेवारी दिएका हुन । आज एक कार्यक्रमको विचमा नेपाली कांग्रेस जिल्ला कार्यसमितीको रोहवरमा नेपाल विद्यार्थी संघले पुर्णता पाएको छ ।

उपाध्यक्षमा मनोनित भएका दिनेश चौलागाईले २०६५ सालदेखी २०६९ सालसम्म रोजेश्वरी माविको ईकाई सभापतिमा रहेर काम गरेका थिए । उनले साविकको क्षेत्र नम्बर २ मा २०६९ सालमा क्षेत्रिय उपसभापतिको जिम्मेवारीमा रहेर काम गरेका थिए । पार्टीको क्षेत्रिय पतिनिधि हुंदै पार्टी तथा नेपाल विद्यार्थी संघको सक्रिय राजनीती गरीरहेका चौलागाईलाई हाल नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारी दिईएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको पहलमा नेविसंघ जिल्ला कार्यसमितिले पुर्णता पाएको हो । बस्नेतले चौलागाईलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न आग्रह समेत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!