
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ समिरले स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन । उनले आफ्नो गृह वडा मेलम्ची नगरपालिका ४ थकनीमा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन ।
नागरिकहरुलाई दैनिकि रुपमा र भैपरि आउँदा आवस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु पल्स अक्सिमिटर, थर्माेमिटर गन, ग्लोब्स, बिपि सेट, मास्क, फेस सिल्ड, पिपिइ सेट, डिजिटल थर्माेमिटर लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको तामाङले बताए ।
एक कार्यक्रमका बिच सो स्वास्थ सामाग्रीहरु मेलम्ची ४, थकनिको पिप्ले एकीकृत स्वास्थ केन्द्र र सामुदायिक स्वास्थ चौकिलाई उपलब्ध गराइएको हो । तामाङले थकनि ओख्रेनिको लागि, स्वास्थ केन्द्रको इन्चार्जहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।
मेलम्चीमा आएको बाढी र कोरोना महामारीको समयमा उदाएका तामाङ गत निर्वाचनमा एमालेका उम्मेदवार लाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकको दुख, सुखमा प्रत्यक्ष जोडिएर काम गर्दै आएका उनि युवा माझ लोकप्रिय छन ।
उनले हस्तान्तरण गरेका स्वास्थ्य सामाग्रीहरु