नवलपुर । नेपाली कांग्रेसका महासमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले नेकपा माओवादि केन्द्रले नैतिकता गुमाएको बताएका छन ।

ल्होछारको अवसर पारेर नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरिय भलिवल प्रतियोगितामा प्रमुख अतिथिको रूपमा गएका तामाङले माओवादि सत्ताकै लागि सरकारमा जानू अनुशासन हिन भएको बताए ।

गठबन्धन लाई माओवादिले धोका दिएको उनले बताए । “भर्खरै चुनावमा आँसु खसालेर भोट हालेर पठाएको माओवादिले नैतिकता गुमायो ,” उनले भने “सत्तामा होस वा जुनसुकै ठाउँमा होस अनुशासन जरूरी छ । हाम्रा नेताहरू आर्यघाट पुग्नेबेला सम्म पदमा रहन खोज्छन” ।

दैनिक जीवन देखि सामाजिक जीवन सम्म रूल र रेगुलेशन जरूरी रहेको उनको भनाई छ । उनले खेलाडीहरूलाई सम्बोधन गर्दै अनुशासन सिक्ने र सिकाउने माध्यम खेल भएको धारणा राखे ।

आजबाट शुरू भएको शिक्षक भलिबल प्रथियोगिता भोलि समापन हुनेछ । “शिक्षकको मर्यादीत पेशा, विद्यार्थीलाई गुणस्तरीय जिवन उपयोगी शिक्षा” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ ईन्द्रावतिले प्रतियोगिताको आयोजना गरेको हो ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर आयोजना गरिएको इन्द्रावती गाउँपालिका स्तरिय भलिवल प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!