नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद मोहन बहादुर बस्नेतले चुनावमा गरेका प्रतिबद्वता सबै पुरा गर्ने बताएका छन ।

साङ्छिलिङ गुम्बा ब्यबस्थापन समिति पाँचपोखरि थाङ्पाल गाउँपालिका वडा नम्बर ६ लेखर्क द्वारा आयोजित ह्योई ल्हो बिरालो बर्ष २८५९ औं सोनाम ल्होछार तथा बृहत साँस्कृतिक कार्यक्रम लाई सम्बोधन गर्दै बस्नेतले आफुले बोलेको पहिलो प्रतिबद्वता अनुरुप मेलम्ची पाँचपोखरी जोड्ने बेलिबृज निर्माण हुन लागेको अवगत गराए ।

चुनाव जितेपश्चात पहिलो पटक औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका बस्नेतले चुनाव जिताएर पठाएकोमा पाँचपोखरीबासी लाई धन्यवाद ब्यक्त गते । एक नम्बर क्षेत्रमा बिकास गरेको आधारमा यस क्षेत्रका नागरिकले अत्याधिक मत दिएर जिताएर पठाएको र अब बिकास गर्ने बेला आएको उनले बताए ।

“यो पिछडिएको ठाउँको जनताले मलाई यस क्षेत्रमा पुल बनोस, बाटो बनोस, गुम्बा बनोस, मठमन्दीर बनोस, खानेपानी पर्याप्त होस भनेर जिताउनुभएको हो”, उनले भने “म तपाईहरुको बिश्वास मर्न दिने छैन” ।

बर्षा नलाग्दै पाँचपोखरीमा पुल बाट मोटर आउने उनले प्रतिबद्वता ब्यक्त गरे । मेलम्ची बाट भोताङ र भोताङ बाट चौतारा जाने बाटो समेत आफ्नै कार्यकालमा बनाउने उनले बताए ।

पाँचपोखरी सबैभन्दा पिछडिएको ठाउँ भएको भन्दै बस्नेतले भने “तपाई यो पार्टी त्यो पार्टी नभनि काम गर्नुहोस हामी योजना ल्याउँछौँ” । “मैले चुनावमा बोलेका सबै काम गर्छू, पाँच बर्षमा तपाईहरुको बिस्वास जित्छु”, उनले थपे ।

नेपाल जातजाती, धर्मसंस्कृती, परम्परा, भेषभुषाले सम्पन्न धनी मुलुक भएको भन्दै सबैलाई ल्होछारको शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!