नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेश (ख) का सांसद कृष्ण कुमार तामाङ (समिर)ले नेपाली कांग्रेस सरकारमा नहुँदा पनि नागरिकको सेवामा सदैव लाग्ने र कहिँ कतै नचुक्ने बताएका छन ।

साङ्छिलिङ गुम्बा ब्यबस्थापन समिति पाँचपोखरि थाङ्पाल गाउँपालिका वडा नम्बर ६ लेखर्क द्वारा आयोजित ह्योई ल्हो बिरालो बर्ष २८५९ औं सोनाम ल्होछार कार्यक्रम लाई सम्बोधन गर्दै उनले भने “कांग्रेस सरकारमा हुँदा वा नहुँदा जुनसुकै बेला पनि बिकास निर्माणको काममा सधै जुट्नेछु” ।

बिशेष अतिथिको रुपमा ल्होछार कार्यक्रममा पुगेका तामाङले ल्होछारको शुभकामना दिँदै बाढी बाट क्षत बिक्षत भएको यस प्रदेश र क्षेत्रको बिकास निर्माणमा आफु डटेर लाग्ने प्रतिबद्वता ब्यक्त गरे । केन्द्र र प्रदेशमा जुनै सरकार बनेतापनि सिन्धुपाल्चोकको सरकार नेपाली कांग्रेस हो भन्ने अनुभुती दिलाएर काम गर्ने उनको भनाई छ ।

चुनावको बेलामा जनतामाझ गरेका कतिपय प्रतिबद्वताहरु कायान्वयन चरणमा रहेको उनले बताए । सिन्धुपाल्चोकको क्षेत्र नं २ को लाइफनाइनको रुपमा रहेको मेलम्ची, पाँचपोखरी र नवलपुर जोड्ने पुल (बेलिबृज) बन्नको लागी टेन्डर भइसकेको र यस बर्षा अगाडी नै तयार हुने उनले जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नहुँदा पनि विकास गरेर देखाउने पार्टी भएकाले ढुक्क हुन आग्रह गरे । तामाङले पाँचपोखरीको विकास निर्माण, यहाँको गुम्बा र खानेपानीमा क्रमिक रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भोताङको २, भोटेनाम्लाङको १ र लेखर्कको १ गरि ४ वटा झाँकि प्रर्दशन गरिएको थियो भने १ वटा लामा नाँच समेत प्रस्तुत गरिएको थियो । साङछिलिङ गुम्बा व्यवस्थापन समितीका अध्यक्ष कान्छा लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ल्होसारको अवसरमा भएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो । स्थानियको उत्साह जनक सहभागिता रहेको कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!