नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले समृद्ध पालिका निर्माणको अभियानमा भौतिक विकास मात्र नभई सांस्कृतिक विकास पनि सँगसँगै लैजानुपर्ने बताएका छन ।

इन्द्रावती गाउँपालिका वडा नं ३ को खुतुमेमा उत्थान केन्द्र नेपालले आयोजना गरेको तामाङ समुदायले मनाउने सोनाम ल्होछार बिशेष कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ल्होछार पर्व सबै जातजाति, भाषा र धर्मका व्यक्तिहरूको साझा भएकाले सबैले एक भएर मनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका नेपालले पालिकामा रहेका सबै जातजाति भाषा र धर्मका व्यक्तिहरूको संस्कार र संस्कृति जोगाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन । “हामी सांस्कृतिक पर्वमा धनी छौँ”, उनले भने “कला, साहित्य र संस्कृतिको बिकासको लागि पालिकाले योजना नै बनाएको छ” ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङ, वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरी, वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापा लगायत कार्यपालिकाका सदस्यहरुको पनि उपस्थिति रहेको उत्थान केन्द्र नेपालका अध्यक्ष सञ्जु माँया तामाङले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!