मेलम्ची । मेलम्ची नगरपालिकाले किसानहरुलाई मिनिटिलर र कर्नसेलर बितरण गरेको छ । आज एक कार्यक्रमका बिच २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको हो ।

मिनिटिलर वितरण गर्दै नगरप्रमुख आइतमान तामाङले आधुनिक प्रविधि मार्फत खेती गर्दै ब्यवसायीक बन्न किसानहरुलाई आग्रह गरे । उनले किसानहरुलाई विविध समस्या रहेको उल्लेख गर्दै ति समस्या समाधानका लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिए ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ का २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको कृषि विकास शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । जरायटार साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्री मिनिटिलर र कर्नसेलर वितरण गरिएको हो ।

कार्यक्रममा किसानहरुले ट्याक्टर सँगै कोदो कुट्ने र गहुँ झार्ने मेसिनको समेत आवश्यकता रहेको बताएका थिए । नगर प्रमुख तामाङले समुहगत रुपमा आउने मागहरुलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको जानकारी दिए ।

वितरण कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, वडा सदस्य प्रतिमा धिताल, सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!