नवलपुर । इन्द्रावती गाउँपालिका ६ का भरत सञ्जेलको कृषि फर्ममा आगलागी भएको छ । आगलागी बाट करिब १० लाख बराबरको क्षति भएको छ ।

सञ्जेलले सञ्चालन गर्दै आएको श्री इन्द्रावती ब्यवसायीक पशुपालन तथा कृषि फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा फर्मको संरचना ध्वस्त हुनुका साथै भित्र रहेको किनेर थुपारेको डेढ लाख बराबरको पराल सँगै धान लगायत लत्ता कपडा समेत जलेर नष्ट भएको सञ्जेललाई उद्रित गर्दै मिश्रित पशुपालन तथा कृषि फर्मका सञ्चालक कुमार आचार्यले जानकारी दिए ।

बिहान ८ बजे तिरबाट सुरु भएको आगो स्थानीय र प्रहरीको सहयोगमा करिब ४ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागी भएको समयमा पशु चौपाय भने बाहिर भएका कारण क्षती हुन नपाएको सञ्जेलले जानकारी दिए।

आगलागीबाट पराल फर्मको संरचना र सरसामान गरी अनुमानित १० लाख बराबरको क्षती भएको सञ्जेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!