नवलपुर । इन्द्रावती गाउँपालिकाले आँखा शल्यक्रिया गरेको बिरामीहरुलाई नगद सहित कम्बल प्रदान गरेको छ । बिरामीहरुलाई पालिका अध्यक्ष झम्क नेपालले दुई हजार पोषण भत्ता सहित एक एक ओटा कम्बल वितरण गरेका हुन ।

आइतबार देखि इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा नि शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालनमा आएको हो । शिविर तिलगंगा आँखा प्रतिष्ठान, इन्द्रावती गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी सिपाघाट उपशाखाको आयोजनामा सञ्चालन गरिएको हो ।

बिरामीहरुलाई नगद तथा कम्बल बितरण गर्दै पालिका अध्यक्ष नेपालले जेष्ठ नागरिक स्वास्थ सेवा घर दैलो कार्यक्रम चलाउनुका साथै सुगर प्रेसरका रोगीहरुको लागि पालिकाले औषधिको व्यवस्थापन गरेको नेपालले जानकारी दिए ।

निर्वाचनको बेला गरेका प्रतिबद्धताहरु क्रमिक रुपले पूरा गर्दै गरेको अध्यक्ष नेपालले बताए । जनताको निम्ति पुरा गर्नु पर्ने दायित्व र जिम्मेवारी आफुले यसरी नै पूरा गर्दै जाने अध्यक्ष नेपालको भनाई छ ।

शिविरमा जम्मा ३९ बिरामीको शल्यक्रिया भएकोमा २१ जना इन्द्रावती गाउपालिकाको रहेको पालिका स्वास्थ शाखा प्रमुख परशुराम श्रेष्ठले जानकारी दिए ।

पालिका भित्रका २१ जना बिरामीहरुलाई पालिका अध्यक्षले प्रति व्यक्ति दुई हजार सहित कम्मल वितरण गरेको श्रेष्ठले बताए । शिविर भोलि पनि सञ्चालन हुने भएकोले पालिका भित्रका बिरामीहरुलाई उपचार गर्न आउन श्रेष्ठले अनुरोध समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!