बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले कृषि क्षेत्रको क्रान्ति गर्ने अवको आफ्नो लक्ष्य रहेको बताएका छन । कृषि क्षेत्र बाट मात्र बिकासको कल्पना गर्न सकिने उनले बताए ।

बाह्रविसे नगरपालीका वडा नं २ बुँदेपा स्थित श्री सुनकोसी माध्यमिक विद्यालयको ३८ औं वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम लाई सम्बोधन गर्दै बस्नेतले सहरमा जिवन बिताइरहेका ब्यक्तिहरुलाई गाउँमै आयआर्जन संग जोडेर गाउँ फर्कन उत्साहित गर्ने बताएका छन ।

“एक डोको साग बेचे वापत किसानलाई ३०० कमाउन सकिन्छ भन्ने ग्यारेन्टि गर्न सकेमा सबै गाउँ फर्कनेछन्, बिद्यालयमा बिद्यार्थीहरु हुनेछन”, बस्नेतले भने । आयआर्जन संग सबैलाई जोड्न सकेमा र गुणस्तरिय शिक्षा दिन सकेमा बालबालिकाहरुलाई पढाउन सहर जानुपर्ने बाध्यता टर्ने उनले बताए ।

राजधानीमा बसेर मजदुरी गर्ने किसानलाई गाउँ फर्किएर आयाआर्जनको बाटोमा लगाउन सके बिद्यालयमा बिद्यार्थी बढ्ने उनको भनाई छ । पहाडी क्षेत्रको सरकारी बिद्यालयमा बिद्यार्थी घट्न थाल्नुको मुख्य कारण रोजगारी पनि भएको बस्नेतले बताए । स्थानिय, प्रदेश र संघ तिनवटै सरकारले गाउँमा नै राजगारीको सिर्जना गर्न सक्नुपर्ने उनको धारणा छ ।

थोरै मात्रामा तरकारी उत्पादन गरेपनि नगरपालिकाले त्यसको जिम्मा लिन पालिकाको कृषि एम्बुलेन्सको अवधारणा समेत बस्नेतले सुनाए । भारत बाट आएको बिषादियुक्त तरकारी सबेको घरमा पुगेको भन्दै गाउँमै खेती किसानीको ग्यारेन्टी स्थानिय सरकारले लिने उनले प्रतिबद्वता ब्यक्त गरे ।

नगरपालिकाले कृषि क्षेत्रको प्रोत्साहनको लागी हल गोरु पाल्ने किसानहरुलाई १० हजारको दरले अनुदान बितरण गरिसकेको छ । यसबाट सयौँ किसानहरुले लाभ लिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!