चौतारा । नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद मोहन बहादुर बस्नेतले सबै स्थानिय तहले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्नुपर्ने बताएका छन ।

घरघरमै सामाजिक सुरक्षा भत्ता बितरण कार्यको शुभारम्भ गर्दै बस्नेतले सो कुरा बताएका हुन । सो कार्यको बस्नेतले आज चौतारा साँगाचोकगढी नगरपालिका १० बाट प्रारम्भ गरेका हुन् ।

सरकारले सामाजिक सुरक्षा बैंक मार्फत वितरण गर्ने निर्णय गरेसँगै घरमै आइपुग्ने भत्ता लिन बैकसम्म धाउनुपर्ने बाध्यता चौतारा साँगाचोकगढी नगरपालिका १० ले चिरेको छ । वडा कार्यालयले लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता सहित न्यानो कपडा समेत वितरण गरेको हो ।

सो वडामा ३ सय ३४ जना सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेको वडाध्यक्ष निरबहादुर तामाङले बताए । सिन्धु विकास बैंकका कर्मचारी र सुरक्षाकर्मी सहित घरदैलोमा आएर स्वास्थ्य परिक्षण सहित भत्ता प्राप्त गरेका लाभग्राहीहरुले वडालाइ धन्यवाद दिए ।

वडा कार्यालयबाट विनियोजन २ लाख रुपैयाँमा आफ्नो तलबभत्ताको २ लाख थप गरेर वडाध्यक्ष तामाङले सबै लाभग्राहीलाइ न्यानो कपडा समेत प्रदान गरेका हुन् । भत्ता तथा न्यानो कपडा वितरण गर्दै सांसद बस्नेतले भने “वडाध्यक्षले आफुले चुनावमा गरेको वाचा पूरा गर्नुभएको हो र अरु स्थानिय तहले पनि यसबाट पाठ सिकेर सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्नुपर्छ” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!