मेलम्ची । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २, प्रदेशसभा क बाट निर्वाचित सांसद युवराज दुलाल ‘शरद’ ले बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन ।

२०७४ सालको निर्वाचनमा निर्वाचित भएपश्चात दुलाल प्रदेशको सामाजिक विकास मन्त्री भएका थिए । उनि पहिलो कार्यकाल मन्त्री हुँदा सिन्धुपाल्चोकमा ४०० योजना ल्याइ विकासको बाकस उपनामले चिनारी बनाएका थिए ।

उनलाई यसपटक पनि विकासे मन्त्रालय भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर मिलेको छ । यसपटकको चुनावमा बाकस मात्रै होईन विकासको ट्रक नै ल्याउने उद्घोष उनले मतदातामा गरेका थिए ।

दुलालले अघिल्लो कार्यकालमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाई स्वास्थ्य ,शिक्षा , विज्ञान प्रविधि ,युवा खेलकुद र सामाजिक सुरक्षा लगाएत बिभिन्न महत्वपुर्ण काम गरेर कार्यकुसलता देखाइसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!