शिखरपुर । मेलम्ची नगरपालिका वडा नम्बर १० ले घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा वासि नागरीकको सहजतालाई मध्यनजर गर्दै भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताए ।

पहिला बैंकसम्म जाँदा धेरै हैरानी र सास्ति व्यहोर्नु परेको स्थानिय धनकुमारी पराजुलिले बताइन । अहिले वडाले घरमा नै आएर भत्ता दिदाँ खुसि लागेको बताइन । वडाले बैंकसंग सहकार्य गरेर शाखा रहीत बैंक सेवा सुरु गरेपछी नागरीकमा यस्तो खुसि आएको हो ।

बैंक आफैं जाने वा बैंकले तोकेको अभिकर्ता मार्फत यो सेवा लिन सकिने छ । यसो गर्दा नागरीकलाई सहज हुने र बैंकमा पनि चाप घट्ने वडा अध्यक्ष अमृत खनालकाे भनाइ छ । बैंकमा गएर पनि लाईन बस्नुपर्ने समस्याले नागरीकहरु हैरानि खेपिरहेका छन् । बिहान जाँदा बेलुकासम्म लाग्ने र सास्ती पनि हुने स्थानिय लिलाकुमारी अधिकारीले बताइन । पहिला छोरानातीको सहयोग लिनुपर्ने तर अहिले आफ्नै हातमा आईपुगेको उनले सुनाइन ।

वडा तहको सरकारले गरेको पहलले आफुलाई सहज भएको अर्का स्थानिय यज्ञ बहादुर पराजुलिले बताए । पुर्ण अपाङ्गता परीचयपत्र भएका पराजुलिलाई बैंकसम्म जान पनि समस्या हुने गरेको थियो । अहिले घरमै पुगेर भत्ता पाँउदा गर्व लागेको उनले बताए । पहिला अरुको सहारा विना भत्ता प्राप्त नहुनेमा अहीले आफ्नै घरमा आफ्नै हातमा भत्ता आईपुगेको उनले सुनाए ।

लक्ष्मी बैङ्कको बैङ्किङ प्रणालीबाट वडा नम्बर १० का लागि अभिकर्ताको रुपमा कार्की किराना पसललाई सहजिकरणको जिम्मा दिईएको छ । घरमा पुगेर वितरण गरीसकेपछी बैंकले अभिकर्ताकाे खातामा पैशा जम्मा गरीदीने अभिकर्ता दीपेन्द्र कार्कीले बताए । वडाले पहल गरीसकेपछी बैंकले गरेको सहजीकरणले वडा नम्बर १० का नागरीक लाभान्वित भएका छन् ।

वडाभरीका सामाजिक शुरक्षा भत्ता लिनेहरुमा खुसी छाएको वडा अध्यक्ष खनालले जानकारी दिए । यो कामले आफुमा पनि आत्मसन्तुष्टी भएको उनले बताए । बैंकसम्म जाँदा असहज भएको र दुख देख्न नसकेर यो कामको सुरुवात गरेको उनकाे भनाई छ ।

निर्वाचनमा खुट्टामा पैशा राखेर ढाेगर भाईरल बनेका वडा अध्यक्ष खनालले धरमै पुगेर भत्ता वितरण गरेका हुन । आफ्नाे दिदिलाई खुट्टामा पैशा राखेर आशिर्वाद लिंदा त्यहि फाेटाे सामाजिक सञ्जालमा राखेर विपक्षिले विराेध समेत गरेका थिए । खानालकाे दिदि वडा नम्बर ९ काे मतदाता हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!