
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद मोहन बहादुर बस्नेतले सरकारले शैक्षिक क्षेत्रलाई सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताएका छन ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा रहेको सरस्वती शंकर माध्यमिक बिद्यालयको आठ कोठे भवन उद्घाटन गर्न पुगेका उनले शैक्षिक क्षेत्रको बिकास अपरिहार्य रहेको बताए ।
अहिले २१ औं शताब्दी र टेक्नोलोजीको जमाना भएकोले शिक्षा क्षेत्रमा धेरै सुधार गर्न आबश्यक रहेको उनले सुनाए । उनले थपे “राज्यले अब शिक्षालाई गुणस्तरमा वृद्धि गर्दै निशुल्क बनाउन पर्छ । अहिले पनि धेरै बिद्यार्थिहरुले राम्रोसँग अध्ययन गरेका छन तर पैसाकै अभावका कारण पढ्न समस्या छ” ।