
बाह्रबिसे नगरपालिका ७ घुम्थाङको सरस्वती शंकर मा बि को आठ कोठे भवन व्यावसायि शंकर श्रेष्ठले निर्माण गरिदिएका छन ।
बाह्रबिसे ७ घुम्थाङमा रहेको सरस्वती मा बि को ८ कोठे भवन निर्माण गर्न श्रेष्ठले १ करोड २० लाख रकम सहयोग गरेको बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ । भुकम्पपछि अस्थायी टहरोमा बिद्यालय संचालन हुँदै आएपछि श्रेष्ठले आफ्नो गाउँको शिक्षा विकास र बालबालिकाको भबिस्यलाई बुझ्दै आर्थिक सहयोगका साथै २ रोपनी ७ आना जग्गा समेत दान गरेको बिद्यालयले जनाएको छ ।
घुम्थाङमा जन्मिएर व्यावसाय गर्दै आएका श्रेष्ठले सरस्वती आ बि संचालनको लागि ५० हजार डिपोजिट र मा बि चलाउनको लागि १ लाख धरौटी समेत सहयोग गरेको बताए । सोमबार बिद्यालयको ६६ औँ बार्षिक उत्सव तथा भवन उद्घाटनमा पुगेका उनले सरस्वती शंकर मा बि लाई कक्षा १२ सम्म सञ्चालन गर्न एक शिक्षकको तलब आफुले सहयोग गर्ने बताए ।
भुकम्प अघि यस बिद्यालयको नाम सरस्वती माध्यमिक बिद्यालय रहेको थियोे भने अहिले उनको सहयोग पछि स्थानीयले श्रेष्ठको नाम थपेर सरस्वती शंकर माध्यमिक बिद्यालय बनाएका छन । आजै उनले बिद्यालयमा अध्यनरत २८८ बिद्यार्थिलाइ ब्याग वितरण गरेका छन । अहिले बिद्यालय १७ वटा कोठे भवनमा संचालन भएको छ। यस बिद्यालयमा २८८ बिद्यार्थिले अध्ययन गर्ने गरेका छन । सिन्धुपाल्चोकमा अहिलेसम्म ठुलो रकममा ब्यक्तिले सहयोग गरेको यस बिद्यालय पहिलो हो ।