सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकाले म्याद गुज्रिएका अखाद्य सामाग्रीहरुको विषर्जन गर्ने भएको छ ।

गाँउपालिकाको आठै वडामा अनुगमन गर्दा जफत गरिएका अखाद्य सामाग्रीहरुको भोलि मंगलबार विषर्जन गर्ने पालिकाले एक सुचना जारी गदै जानकारी गराएको छ ।

बजार अनुगमन समितिले माघ ३ गते देखी सम्पूर्ण वडामा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा वडा नं १,२ र ८ मा जफत गरिएका अखाद्य सामाग्रीहरु सुचना केन्द्र खाल्डेमा सि।सि। क्यामेराको निगरानीमा भण्डारण गरिएको सुचनामा उल्लेख गरिएको छ ।

उक्त भण्डारण गरिएको अखाद्य बस्तुहरुको विर्षजनका लागी सरोकारवालाहरुलाई सुचना केन्द्र खाल्डे खोलामा उपस्थीत हुन आव्हन समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!