पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिए ।

गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले त्यसलाई जफत गरि नष्ट गरिएको अध्यक्ष लामाले बताए ।

उपाध्यक्ष सुनिता अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति बनाई बजारको अनुगमन गरिएको अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेले बताए । बजार अनुगमनका क्रममा ३ लाख ३० हजार भन्दा धेरै मुल्य बराबरको पेय पदार्थ, चकलेट, चिजबल, मिठाई, चाउचाउ गरी ७३ हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।

त्यस्तै २ लाख ३६ हजार बराबरको तेल, चिउरा, चामल लगायतको सामाग्री गरि ६ लाख ५७ हजार मुल्य बराबरको मिति गुज्रेका अखाद्य वस्तु नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको अन्य पालिकाले चार्डपर्वको समयमा मात्र गर्ने बजार अनुगमन भन्दा छुट्टै समयमा गरिने अनुगमन प्रभावकारी हुने गाउँपालिकाले जनाएको छ । अहिले सम्म मिति नहेरी सामाग्रीहरु उपभोग गर्नेहरुलाई यसले सचेतना फैलाएको स्थानिय व्यापारी विकास श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!