मेलम्ची ९ गुफडाँडामा हेलम्बु गाँउपालिका वडा नम्बर ७ को आयोजनामा वनभोज तथा मनोपरामर्श सम्पन्न भएको छ । हेलम्बु ७ का विद्यालयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । पर्यटकीय स्थलको रुपमा परीचित गुफाडाँडामा आन्तरिक तथा वाह्य पर्यटकहरुको घुंईचो लाग्ने गरेको छ । विभिन्न ठाँउबाट वनभोज तथा घुम्नका लागि आउनेहरुको संख्या बाक्लींदै गएको छ ।

कार्यक्रममा सोम बहादुर तामाङले बालबालिका तथा शिक्षकहरुलाई मनोसामाजिक परामर्श दिएका छन । अहिलेको समयमा धेरै मानिसहरुमा मनोसामानिक समस्या आईरहेको र दिनानुदीन बढ्दै गईरहेकोले यसको समाधानका लागि सबै विद्यायहरुले मनोसामाजिक कक्षा सञ्चालनको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आईतमान तामाङ, प्रमुख प्रसासकीय अधिकृत अमृत कुमार धिताल लगाएतको पनि सहभागिता रहेको थियो । गुफाडाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न डिपिआर तयार भईसकेको नगर प्रमुख तामाङले जानकारी दिए । आगामी दीनमा समृद्ध नगर बनाउनको लागि पर्यटन मुख्य पाटो भएकाले यसको विकासमा लागिरहने उनको भनाई छ ।

बनभोजसंगै मनोपरामर्श पहिलो अभ्यास भएको हेलम्बु ७ का वडा अध्यक्ष निल बहादुर खड्काले बताएका छन । यसका लागि वडाले सहयोग र समन्वय गरेको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!