चौतारा । सिन्धुपाल्चोकमा पनि मतदाता नामावली संकलन सुरु भएको छ । जिल्ला निर्वाचन आयोगले अनलाइनमार्फत मतदाता नामावली संकलन कार्य सुरु गरेको जनाएको छ।

निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता गर्न अनलाइनमार्फत फर्म भरेर आउन अनुरोध गरेको छ । मंलबार १७ गतेबाट नामावली दर्ता प्रक्रिया सुरु गरिएको जिल्ला निर्वाचन कार्यलयका नायब सुब्बा बिदुर रायमाझिले जानकारी दिए ।

नामावली दर्ता प्रक्रिया सुरु भएको र अन्य ठाउँबाट मतदाता नामावली संकलन गर्न, आफ्नो मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन चाहे आवश्यक प्रमाणसहित अनलाइनबाटनै आवेदन दिनु पर्ने छ । अनलाइनबाट फर्म भरेर मात्रै निर्वाचन कार्यलय आउन भनिएको छ ।

आयोगले तोकेको मतदाता नामावली सङ्कलन फाराम भर्नुपर्दछ र तोकिएबमोजिम फोटो खिचाउनुपर्दछ । औँलाहरूको रेखात्मक छाप दिनुपर्दछ ,यस्तो औँला छाप विधुतीय माध्यमबाट सङ्कलन गरिन्छ । दर्ता सम्पन्न भइसकेपछि दर्ता कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाणस्वरूप सुरक्षित राख्नुपर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!