बाह्रबिसे नगरपालिका ३ का गर्भवती महिलाहरूलाई निशुल्क क्याल्सियम बितरण गरेको छ । वडा कार्यालयले गाउँ बस्तीमा रहेका तर स्वास्थ्य केन्द्रमा गर्भवती भएर पनि नजाने भएपछि एक कार्यक्रम गरि महिलाहरुलाई पोषण सहयोग गरेको हो ।

गाउँ बस्तीका महिलाहरु अझै पनि स्वास्थ्य संस्था जान नमान्ने गरेको वडा अध्यक्ष जीवन भण्डारीले बताए । गर्भवती भएका महिलाहरुलाई चाहिने क्याल्सियम निशुल्क दिने ब्यबस्थापन गरि महिलाहरुलाइ हौसला प्रदान गर्दै पोषणका विभिन्न सामाग्री दिएको अध्यक्ष भण्डारीको भनाई छ ।

गाउघरका महिलाहरु अझै पनि स्वास्थ्य संस्था सम्म आउन गाह्रो मान्ने गरेको स्वास्थ्य केन्द्र पलातीका अहेव जितेन्द्र राउतले जानकारी दिए । “उनीहरुलाई क्याल्सियम पोषणयुक्त खानाहरुको आबश्यक पर्छ। त्यसैले हामीले स्वास्थ्य केन्द्रमा क्याल्सियम लिनको लागि आउन गर्भवती महिलाहरुलाइ स्वयंसेविका मार्फत खबर गर्ने गरेका छौँ”, उनले भने ।

हाल यस वडामा ३२ महिला गर्भवती छन । पछिल्लो समय महिलाहरु स्वास्थ्य सस्थामा पोषण र क्याल्सियम लिन आउने र नियमित गर्भ जांच गराउन आउने क्रम भने बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!