सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र पत्रकार कमला पाख्रिनलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

हुतराज अर्धचन्द्र जनहितकारी संस्था मेलम्चीले इन्द्रेश्वरी माद्यमिक विद्यालयको वार्षिकोत्सवको प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आईरहेको छ । सोमबार विद्यालयको ४९औं वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ५ हजार १ सय रुपैयाँ रहेको संस्थाका अध्यक्ष सुदर्शन पाण्डेले जानकारी दिए ।

पुरस्कृत अग्रज पत्रकार एवम् गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजू हाल भीजन सिन्धु प्रा।लि।बाट प्रकाशित सर्वपक्ष दैनिक, जुगलखबर डटकम र दुःखी प्रकाशनबाट प्रकाशित सिन्धु सन्देश साप्ताहिक प्रकाशन गर्दै आईरहेका छन । त्यस्तै पाख्रिन कान्तिपूर टेलिभिजनमा जिल्ला सम्वाददाताको रुपमा कार्यरत छिन ।

उनिहरुलाइ मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पुर्व ए आइ जि गँगा पाण्डे लगायतले पुरस्कार प्रदान तथा सम्मान गरे । शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील ८ पत्रकारलाई सम्मान गरिसकेको छ ।

यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल, दिनेश थापा, देवराज सुवेदी, दुर्गा आचार्य,अनिष तिवारी र दिपिन ढुङ्गानाले यो पुरस्कार पाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!