राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न चार दलका नेता बालुवाटारमा जम्मा भएका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका छन् ।

मंगलबार, बुधबार र बिहीबार चरणबद्ध छलफल गरेका नेताहरुले शुक्रबारको बैठकलाई निर्णायक भनेका छन् । यी बैठकमा भएका अनौपचारिक छलफललाई सामूहिकरुपमा औपचारिकता दिने र विगतको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँताउने कांग्रेस नेताहरुको प्रयास छ ।

प्रधानमन्त्री दाहालले भने राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने अडान लिइरहेका छन् । तर प्रधानमन्त्रीको दल माओवादी केन्द्रले भने सत्तारुढ गठबन्धनमा यसअघिको सहमतिबमोजिम नेकपा एमालेलाई राष्ट्रपतिमा नसघाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!