सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ५ चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिरको शिलान्यास गरिएको छ ।

शुक्रबार निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले सो मन्दिरको शिलान्यास गरेका हुन । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गदै प्रमुख अतिथि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले यस मन्दिरको शिलान्यासले भावनात्मकको रुपमा उचाईमा पुर्याएको बताए । साथै यस मन्दिरको ठेक्का पाएको कम्पिनीलाई समयमै काम सक्न आग्रह गरे।

यस्तै बिषेश अतिथि चौतारा सागाँचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पर्यटन प्रवर्धनका लागी पनि यी मन्दिरको ऐतिहासिक महत्व हुनेभएकाले सोको विकासमा नगरपालिका सदैब अघि बढ्ने र पहल कदमी गर्न पछाडी नपर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै नगरक्षेत्रभित्र र सिङगो सिन्धुपाल्चोक प्रयर्टन क्षेत्रको प्रयाप्त सम्भवना रहेको र प्रयर्टन क्षेत्र निर्माणको लागि निरंतर नगरपालिका नगरपालिका अग्रसर रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गदै प्रत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जिवन श्रेष्ठले १९६४ साल अघि सो स्थानमा सिस्नु घारी रहेको र त्यहाँबाट रात्रिकालिन समयमा बाँसुरीको मीठो ध्वनी प्रष्फुटन भएको सुनिने गरेको हुँदा सो स्थानमा कृष्ण मन्दिर निर्माण गरि पूजाआजासँगै हरेक कृष्णाष्टमीको अवसरमा दुई दिन मेला चलाउने परम्पराको सुरुवात भएको जानकारी दिए।

२०७२ सालको महाभूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिर पुननिर्माण ८ वर्षपछि हुने भएको हो । ११५ वर्ष पुरानो ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको कृष्ण मन्दिर पुरातत्व विभागको २ करोड लगानीमा बन्न लागेको हो । बन्न लागेको कृष्ण मन्दिर पुरानै शैलि र स्वरुपको हुने छ । यस मन्दिरको ठेक्का आर जि एस पञ्चस्तम्भ जेभि भक्तपुरले पाएको छ । सम्झौता अनुसार २०८० असार १५ गते भित्र मन्दिर बनिसक्नुपर्ने छ ।

भूकम्प यता टहरोको मन्दिर बनाएर कृष्णको प्रतिमा प्रतिस्थापना गरि पूजाआजा र जात्रा लचाउँदै आईएको छ । केहि समय अघि मन्दिर पुनर्निर्माण हुनेपछि भने कृष्णको प्रतिमालाई गणेश र भीमसेन मन्दिर परिसरमा स्थानान्तरण गरिएको थियो । पटकपटकको प्रयासपछि मन्दिर बन्ने भएपछि भने स्थानीयहरु खुशी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!