
मेलम्ची । नेकपा एमाले स्थाई कमिटि सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले मेलम्चीमा पक्कि पुल बन्नुपर्ने बताएका छन ।
नेकपा एमाले क्षेत्र नम्बर २ को बृहत क्षेत्रीय भेला तथा वनभोज कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री समेत रहेका तामाङले बेलिब्रिज हालेर झारा तिर्न नपाइने बताए । उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहन बस्नेत तर्फ लक्षित गर्दै दिउसो लाई रात पार्ने झिलिमिलि पार्छु भन्नेहरु अहिले कता छन् भन्दै प्रश्न गरे ।
तामाङले बाहुनेपाटी पुल निमार्ण, मध्यपहाडी लोकमार्ग लगायतका विषयमा आफुले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै मोहन बस्नेतले पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भनेर बोल्दै हिडेको कुराप्रती आपत्ति जनाए ।
बस्नेत १ नम्बर क्षेत्रका जनतालाई झुक्याएर २ नम्बर जनताको आँखामा छारो हाल्न आएको भन्दै त्यो प्रवृती यहाँका जनतालाई नपच्ने बताए । फेरीपनि यो मुलुकको समृद्धिको अगुवाई एमालेले नै गर्ने तामाङकाे भनाई छ ।
उनले एमालेको काँधमा बसेर प्रधानमन्त्री बन्नेले अहिले माथि बसेर बिस्ट्याउन थालेको बताए । तामाङले नेकपा एमालेले एक्लै जित्नेगरी तयारी गर्नुपर्ने भएकालेनै अहिले मिसनग्रासरुट अभियान लिएर एमालेका नेता कार्यकर्ता घरघरमा पुगिरेहको प्रस्ट पारे ।