
मेलम्ची । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले दोहोरो भुमिका खेलेको बताएका छन ।
मेलम्चीमा आयोजित बृहत क्षेत्रिय भेला तथा बनभोज कार्यक्रमलाई सम्बाेधन गर्दै उनले चुनावमा कांग्रेससँग सहकार्य गरेको माओवादीले हाताहाती प्रधानमन्त्री दिन नमानेर बालकोट पुगेका प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाएको दुई महिना नबित्दै फेरी सहकार्य परीवर्तनको तयारी गरीरहेको पाण्डेले बताए ।
राष्ट्रपतीको निर्वाचनसम्म कुर्ने धैर्यता प्रचण्डमा नभएको उनकाे भनाई छ । यस्तै कांग्रेस पनि सत्ता विना बस्न नसक्ने उनले बताए । नेकपा एमालेले सरकारमा रहँदा जनताको लागि हुने कामको मात्रै निर्णय गरेको तर अहिले नेकपा एमाले चौतर्फी घेराबन्दीमा परेको उपाध्यक्ष पाण्डेले बताए ।
अहिले नेकपा एमालेले देशव्यापी रुपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा केन्द्रिय नेता देखी स्थानिय स्तरमा रहेका कार्यकर्ताहरु एक भएर संगठन बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिएका छन ।