काठमाण्डाै । विनाेद नेपाल स्मृति फाउण्डेशनले पशुपतीकाे समाज कल्याण केन्द्र बृद्वाश्रममा रहेका करिव १०० जना बृद्वबृद्वाहरूलाई फलफुल बितरण गरेकाे छ ।

विनाेद नेपालकाे जन्मदिनकाे अवसर पारेर आज एक कार्यक्रमका बिच उनकाे सम्झनामा स्थापित फाउण्डेशनले फलफुल वितरण गर्नुका साथै बृद्वबृद्वाहरूलाई खाना खुवाउनकाे लागी बृद्वाश्रम लाई दान स्वरूप २५ हजार समेत प्रदान गरेकाे फाउण्डेशनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिए ।

छाेरा विनाेदकाे जन्मदिनमा बर्सेनि यस्ता कार्यक्रम गर्दै आएकाे विनाेदका वुवा तथा फाउण्डेशनका अध्यक्ष नेपालले जानकारी दिए । “आत्मा सन्तुष्टि हाेस भनेर याे कार्यक्रम गरिएकाे हाे”, नेपालले भने ” पाेहाेर साल सांसद गगन कमार थापाले उद्घाटन गरेर सुरू भएकाे कार्यक्रम याे बर्षपनि निरन्तर गरिएकाे हाे” ।

फलफुल पाएपछि बृद्वाश्रमका बृद्वबृद्वाहरू खुसी भएका छन । आफन्तहरू समेत भेट्न नआउने गरेकाे दुखेसाे पाेख्दै एक बृद्वा भगवती सिग्देलले भनिन “मलाई भेट्न काेहि आउँदैनन्, तपाईहरू भएपनि कहिलेकाहिँ आउँदै गर्नुस है” । उनले फाउण्डेशनलाई धन्यवाद दिइन ।

समाजसेवी डा. गंगादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!