
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
आजबाट २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ । सप्ताह ज्ञान महायज्ञमा पण्डित दिनबन्धु पोखरेल र पण्डित नेत्र भट्टराई कथा वाचन गर्नेछन । सप्ताहको आज कलश यात्रागर्दै शुभारम्भ गरिएको छ ।
कलशयात्रापछिको शुभारम्भ कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पण्डित दिनबन्दुले हेलम्बुमा आएर भागवत कथा वाचन गर्दा बिस्वलाइ नै राम्रो सन्देश जाने विश्वास ब्यक्त गरे । हेलम्बु गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रवर्द्धन तथा मणिकण्ठेश्वरीदेवी मन्दिर पुनः निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गरिएको समितिको भनाइ छ ।
स्थानीय लीलाबहादुर जोतीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन समेत गरिएको छ । साथै महायज्ञमा बुद्ध दर्शनको महिमा वाचनको व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।