
मेलम्ची । २०७८ सालमा मेलम्चीमा आएकाे बाढीले क्षतविक्षत भएकाे मेलम्ची अब उठेकाे सामाजिक अभियान्ता सागरकुमार श्रेष्ठले बताएका छन ।
लायन्स क्लबले शनिवार मेलम्चीमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै श्रेष्ठले भुकम्प, बाढी र काेराेना बाट आक्रान्त भएकाे मेलम्ची अब उठेकाे भन्दै सबैलाई यश ठाउँमा भ्रमण गर्न आग्रह गरे ।
बाढी गएको समयमा तत्कालिन स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले यश क्षेत्रलाई बेवास्ता गर्दैगर्दापनि सबैकाे प्रयासमा मेलम्ची उठेकाे उनले बताएका छन् ।
त्यतिबेलाको तिनै तहको सरकार समक्ष डेलिगेसन गर्न जाँदा पनि मेलम्ची क्षेत्रको बेवास्ता भएको अभियान्ता श्रेष्ठले बताए । लायन्स क्लबले आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्दै सामाजिक अभियन्ता श्रेष्ठले लायन्स क्लवले बाढीको समयमा अतुलनिय योगदान दिएको स्मरण गरे ।
बाढी बाट आक्रान्त भएको मेलम्चीलाई उठाउनको लागि समितिनै बनाएर काम गरेको र यश क्षेत्र अहिले यो अवस्थामा आएको उनले बताए । हेलम्बु देखि मेलम्ची सम्म बाढीले पुर्याएको क्षतिलाई श्रेष्ठले अवगत गराएका थिए ।
मेलम्चीमा बाढीको समयमा राहात लिएर आउने ब्यक्तिहरूले समेत यश क्षेत्र ५० बर्ष पछाडी धकेलेको भन्ने गरेका थिए । विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने ब्यक्ति र संघ संस्थाहरूको साथ सहयोगले यश क्षेत्र चाँडै उठ्न सफल भएको श्रेष्ठको भनाई छ । “अब हामी उठ्यौ, यश क्षेत्रको सबैले भ्रमण गरेर सहयोग गरिदिनुस“, उनले भने ।
विश्वकै ठुलाे क्लव लायन्स क्लवकाे क्याविनेट मिटिङ मेलम्चीमा भएसँगै पर्यटन प्रवर्द्वनमा टेवा पुग्ने अपेक्षा गरिएकाे छ । साे क्याविनेट मिटिङमा नेपालकाे आधा दर्जन भन्दा धेरै जिल्लाका ब्यक्तिहरू उपस्थित थिए । बाढी पछि अस्तब्यस्त भएकाे मेलम्चीमा स्थानिय सरकारले समेत यस्ता कार्यक्रम गर्न नसकेकाे अवस्थामा क्लबकाे भुमिकाकाे श्रेष्ठले खुलेरै प्रशंसा गरे ।
साे कार्यक्रममा सिन्धुपाल्चाेकका प्रमुख पर्यटकिय स्थलहरूकाे अवगत गराईएकाे थियाे ।