हेलम्बु । धार्मिक तथा पर्यटकीय रुपमा महत्वको साथ लिइने हेलम्बु भुमिमा साताव्यापी रुपमा चलेको सप्ताहमा ८ सय २१ जना दाताबाट ३७ लाख ४६ हजार ८ सय १९ रुपैयाँ संकलन भएको महायज्ञ आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त पण्डित दिनवन्दु पोखरेलको प्रमुख वाचन पण्डित नवराज भट्टराईको सह वाचनमा यहि फागुन (१४–२१) मा महायज्ञ सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकाको अग्रसरता र मणिकण्ठेस्वरी क्लवको आयोजनामा हजारौं भक्तजनहरुले कथा श्रवण गरेका थिए ।

२०७२ को विनासकारी भुकम्प र ७८ असारमा गएको बाढीमा परि ज्यान गुमाउने हेलम्बुवासी चीरशान्ति र मोक्ष प्राप्तिको लागि महायज्ञको आयोजना गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । धार्मिक सहिष्णुता र आपसी भाइचारा बढाउने उदेस्यले महायज्ञमा लामा प्रवचन समेत सुनाइएको उनले बताए ।

सहयोग रकम, भेटी र तुलादान गरिनगद ३७ लाख ४६ हजार ८ सय १९ संकलन भएको र प्रतिबद्धता जनाएको रकमलाइ पनि आधार मान्ने हो भने ५० लाख भन्दा बढी संकलन हुने आयोजक समितिका प्रचार संयोजक शरण जोतिले जानकारी दिए । हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमत भागवत सप्ताह ज्ञान महाँयज्ञबाट संकलित रकमबाट मणिकणठेश्वरी मन्दिर बन्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!