BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

मेलम्ची । नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका सचिव तथा प्रदेश सांसद कृष्ण कुमार तामाङ र सिन्धुपाल्चाेक निर्वाचन क्षेत्र नं २ का सभापती तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफुहरू बिच कुनै गुट उपगुट नभई एक ढिक्का रहेकाे बताएका छन ।

सिन्धुपाल्चाेककाे मेलम्चीमा शनिवार भएकाे नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ काे प्रथम क्षेत्रिय अधिवेशनकाे क्रममा शुभकामना मन्तब्य राख्दै मेयर तामाङले आफुहरू बिच कुनै गुट उपगुट नभएकाे जानकारी दिए । ‘गुट उपगुट एक दिन चुनावकाे दिन मात्र हुने हाे, भाेलिपल्ट बाट सकियाे’, उनले भने । ‘पालिकाकाे चुनावमा समिरजीले मलाई सहयाेग गर्नुभयाे, मैले संघ र प्रदेशमा पनि कमान्डर भएर चुनाव जित्न भुमिका खेलेँ’, मेयर तामाङले भने ।

प्रदेश सांसद तामाङकाे प्रशंसा गर्दै मयर तामाङले भने ‘प्रदेशले राम्राे बजेट बिनियाेजन गरेकाे कारण साे ठाउँमा हामीले थाेरै बजेट बिनियाेजन गर्न परेकाे छ’ । प्रदेश बाट धेरै बजेट भित्राउन सफल भएकाेमा मेयर तामाङले प्रदेश सांसदलाई धन्यवाद दिए ।

यता बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङले आफुलाई पार्टीमा कुनै गुट उपगुट भएकाे जस्ताे नलागेकाे बताएका छन । ‘याे संगठनमा गुट छ जस्ताे मलाई लाग्दैन, हामी एक ढिक्का छाैँ । ‘नेपाली कांग्रेसकाे महाधिवेशनकाे बेलामा लाेकतन्त्रलाई बलियाे बनाउन एक अर्का बिच लडेका हाैँ’, उनले भने। ‘म बाट गुट हुँदैन मामा, तपाईकाे सहि निर्णयमा मेराे साथ सधै छ’, उनले थपे । सिन्धुपाल्चाेकमा कांग्रेस सधै एक नम्बरकाे बनाउनकाे लागि गुट बनाएर नहुने उनले धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय