
सिन्धुपाल्चाेक । बागमती प्रदेशका पुर्व बन तथा वातावरण मन्त्री तथा सांसद मसिना खड्का भण्डारीले सप्ताह ज्ञान महायज्ञमा ५१ हजार दान दिएकि छन । इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा पुस १६ देखि शुरू भएकाे श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा उनले साे सहयाेग रकम दान दिने घाेषणा गरेकि हुन ।
ईन्द्रावती पुगेर पुर्व मन्त्री मसिना खड्काले ईन्द्रावती गाउँपालिकाकाे चर्चा गरिन । “ईन्द्रावती पुण्य भुमि हाे”, उनले भनिन “आयाेजकले धर्मकाे पहिचान गरेर ईन्द्रावतीकाे वसन्तपुरलाई धार्मिक पर्यटनसंग जाेड्न लाग्नुभएकाेमा खुसी लागेकाे छ” ।
आफ्नाे कार्यकालमा बिकास निर्माणका काम लगायत नीति निर्माणमा उल्लेख्य काम गरेकाे बताउँदै बागमती प्रदेश बाट सधै साथ सहयाेग रहने बताइन ।
इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आज देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएकाे छ । पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।