BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाका सामुदायिक विद्यालयहरूले टाकुरे आगलागी पीडितलाई एकमुष्ठ ५ लाख २५ हजार ६ सय १६ रुपैयाँ सहयोग गरेका छन् ।

टाकुरे आधारभूत विद्यालयका प्रधानाध्यापक श्री सावित्री सापकोटा गजुरेलको घर तथा कुखुराको टहरो पूर्णरुपमा क्षति भएकोमा इन्द्रावती गाउँपालिकाका शिक्षक कर्मचारीले दुख व्यक्त गरेका छन् । इन्द्रावती गाउँपालिका शिक्षक कर्मचारीको साझा समस्याको रुपमा लिएर पालिकामा क्रियाशील नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन तथा ४२ वटै विद्यालयको प्रधानाध्यापक र शिक्षक तथा कर्मचारीको पहलमा सो सहयोग रकम संकलन भएको हो ।

सहयोग सङ्कलनका लागि श्री चण्डेश्वरी माविका प्रधानाध्यापक शिवराम न्यौपाने र श्री सूर्यकिरण आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर थापाले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

हस्तान्तरणको क्रममा बोल्दै इन्द्रावती गाउँपालिका शिक्षक महासंघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यस दु:खद घडीमा सम्पूर्ण विद्यालय र शिक्षकहरूको तर्फबाट एकीकृत रुपमा सहयोग गरेको बताए । एक एक गर्दा सहयोग ढिला हुने भएकाले पनि एकीकृत रुपमा सहयोगको वातावरण सृजना गरेको उनले बताए ।

यस्तै हस्तान्तरणको क्रममा श्री सूर्यकिरण आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर थापाले पेशागत रुपमा क्रियाशील शिक्षक संगठन र विद्यालयको तर्फबाट सहयोग संकलन गरेको जानकारी दिए । १९ गतेदेखि नै निरन्तर सहयोग रकम सङ्कलनमा साझा समस्याको रुपमा लिएर सहयोग गरिरहेको उनले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा इन्द्रावतीका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

यही माघ १९ गते शुक्रबार इन्द्रावती ४ टाकुरेका रामकृष्ण गजुरेलको कुखुराको टहरोमा लागेको आगोबाट टहरोमा रहेका एक हजार कुखुरा सहित नजिकै रहेको ४ कोठे घर समेत जलेको थियो । आगलागीबाट अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय