BREAKING
ईन्द्रावती १२ भिमटारमा टाटा सुमो दुर्घटना : २ जना घाईते | मेलम्ची ५ मा पहिराे : पुरिए पशुचाैपाया, १० लाख बराबरकाे क्षति | स्व ई. नेपालकाे सम्झनामा फाउण्डेसनको सामाजिक कार्य : ईन्जिनियरिङ अध्यापन देखि रक्तदानसम्म | सिन्धुपाल्चोकमा बाढी: तिपेनीको झोलुङ्गे पुल र बाह्रबिसेस्थित खाग्दल खोलाको बेलीबृज बगायो | मेलम्ची नगरपालिकाद्धारा एसईईमा ३.६ भन्दा बढि जिपिए ल्याउने ३२ विद्यार्थीलाई सम्मान | भोटेकोशीमा इलेक्ट्रिक हाइड्रोको ढलान भत्कियो, केही मजदुर घाइते | मेलम्चीमा जलसतहले पार गर्‍यो सतर्कतातह  | मेलम्ची नगरपालिकाकालाई पुर्ण खाेप सुनिश्चित नगरपालिका घाेषणा | ईन्द्रावतीमा फ्यानसेपको पालिका स्तरीय आयोजना समापन, हस्तान्तरण गरियो दस्तावेज | १३ जनालाई दिइयाे एक महिने कपाल काट्ने तालिम |

काठमाण्डाै । कार्यसम्पादन मुल्याङ्कनमा सिन्धुपाल्चाेकका ३ पालिका शीर्ष १० भित्र पर्न सफल भएका छन ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा देशभरिका समग्र स्थानीय तहमध्ये सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौँथो भएकाे छ । त्यस्तै सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौं भएकाे छ ।

सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अंक सहित नवौं भएकाे छ । कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चाेककाे भाेटेकाेशी गाउँपालिका भने देशभरिका गाउँपालिकामध्ये दाेस्राे भएको हाे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार भाेटेकाेशीले ५३.७६ अंक प्राप्त गरी गाउँपालिकामध्येमा भाेटेकाेशी गाउँपालिका देशकै दाेस्राे बनेको हो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने आयोगको तथ्यांक महाशाखाका उपसचिव दिनेश भट्टराईले बताए । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको उनको भनाइ छ ।

उनका अनुसार कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गरिन्छ ।

समग्र स्थानीय तहमा शीर्ष १० भित्र काे काे परे ?

कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौँथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौं, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंक सहित छैठौं, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौं, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंक सहित आठौं, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अंक सहित नवौं र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंक सहित दशौं भएका छन् ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय