BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुकाेट । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ५ स्थित गोलपुले टोलमा गएराति गएको पहिरोले करिव १० लाख बराबरको क्षति गरेको छ ।

राति करिव १ बजे गएको पहिरोले सुकुमान सार्किको एक वटा लैनो भैसि, गाइको बाछो, सुभान सार्किको एउटा बाख्राको पहिरोमा पुरिएर मृत्यु भएको स्थानियले जानकारी दिए ।

पहिरोले ३ वटा गोठ र २ वटा घरमा क्षति पुगेको वडा अध्यक्ष राजु रायमाझीले बताए । पहिरोमा पुरिएका सामाग्री तथा वस्तुभाउको वडा अध्यक्ष लगायत जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको उपस्थितिमा उद्दार गरिएको छ ।

पहिराे बाट प्रभावितकाे लागि तत्कालै १ सेट सामानकाे व्यवस्था नगरपालिकाले मिलाउने नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष रायमाझीले जानकारी दिए । ‘सुरक्षित ठाउँ पाए प्रभावित आफै सुरक्षित ठाउँमा बस्नुहुन्छ, नपाएमा वडा कार्यालय नजिकैकाे भवनमा हामी व्यवस्थापन गर्छाैँ’, रायमाझीले भने ।

पहिराे राेकथामकाे लागि वडा कार्यालयले जनशक्ति व्यवस्थापन गरेकाे बताइएकाे छ । नगरपालिका बाट उपप्रमुखकाे नेतृत्वमा साे पहिराे गएकाे ठाउँमा अनुगमन भएकाे छ । पहिरोको क्षति निरीक्षण पश्चात मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जोखिममा नबस्न र सचेत हुन समेत आग्रह गरिन । बस्तीको तल माथीनै पहिरो गएकाले झनै जोखिम रहेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय