BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

मेलम्ची ।
त्रिशक्ति युवा क्लव, मेलम्ची –९ द्वारा आयोजित मेलम्ची नगर स्तरीय वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबले जितेको छ ।
रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै योङ स्टार युवा क्लबले प्रतिद्वन्द्वी टोली दुवाचौर सामुदायिक युवा क्लवलाई २५˗२१ २५˗२० र २५ ˗१७ पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा दुवाचौरकै दबदबा देखिएको छ । दुवाचौर सामुदायिक युवा क्लबले दोस्रो स्थान हासिल गर्दा दुवाचौरकै सिर्जनशील युवा क्लबले तेस्रो स्थान हात पारेको छ । उनिहरुले क्रमश १ लाख, ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यससँगै शीर्ष तीनै स्थान मेलम्ची–७ दुवाचौरका टोलीहरूले कब्जा गर्दै कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि वडा भित्र्याएका छन् ।


यो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सबै टोली एउटै वडाबाट हुनु विशेष उपलब्धि मानिएको छ । साथै, यसपटकका मुख्य सबै पुरस्कारहरू दुवाचौरमै सीमित भएका छन् ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा त्रिशक्ति युवा क्लबको आयोजनामा जनता माबिको प्राङ्गणमा भएको प्रतियोगिताले स्थानीय खेलकुद विकास, युवाहरूबीच एकता तथा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।


मेलम्ची नगर प्रमुख आइतमान तामाङले बैशाख १८ गते उद्घाटन गर्नुभएको समापन खेलमा उप प्रमुख उमा प्रधान, वडाअध्यक्ष किरणदिप खड्का लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय