BREAKING
कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ |

मेलम्ची नगरपालिका–११ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहसम्म संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित भेलाले नयाँ नेतृत्व चयन गर्दै १५ सदस्यीय वडा तदर्थ समिति गठन गरेको हो।
भेलाले समाजसेवी तथा युवा व्यवसायी महेश चालिसेलाई सभापतिमा चयन गरेको छ। त्यसैगरी उपसभापतिमा मनिसा चालिसे, सचिवमा चलबहादुर तामाङ चयन भएका छन्। सदस्यहरूमा समीर चालिसे, साधुराम पुरी, अमृत पुरी, नारायण दुलाल, धनञ्जय दुलाल, ऋषिराम लामिछाने, कृष्णप्रसाद दुलाल, केदार दुलाल, समिम रम्तेल, बलराम दुलाल, रामकुमार दुलाल र ललित दुलाल रहेका छन्।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहको राजनीति केवल चुनावी प्रतिस्पर्धामा सीमित नभई जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी भएको धारणा व्यक्त गरेका थिए। वडा भेलामार्फत संगठन विस्तारसँगै जनसम्पर्क मजबुत बनाउने, स्थानीय समस्या पहिचान गर्ने तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने वातावरण सिर्जना भएको बताइएको छ।
रास्वपाले पछिल्लो समय सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै गाउँ तथा वडा तहसम्म संगठन विस्तारलाई तीव्रता दिएको देखिन्छ। विशेषगरी युवापुस्ताको सक्रिय सहभागिताले स्थानीय राजनीतिमा नयाँ उत्साह थपिएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा वक्ताहरूले राजनीतिक दलहरूले केवल भाषण र प्रतिबद्धतामा सीमित नभई विकास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सेवा प्रवाहका विषयमा परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका थिए। जनताले अब कामको मूल्यांकन गर्न थालेकाले राजनीतिक नेतृत्व थप जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
वडा भेलालाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण कडीका रूपमा लिँदै सहभागीहरूले यसलाई औपचारिकतामा सीमित नराखी जनभावना बुझ्ने, समस्या समाधान खोज्ने र विश्वास निर्माण गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय