BREAKING
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश | सिन्धुपाल्चाेकमा स्वास्थ्य कार्यक्रम समीक्षाः पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो | सरस्वती माध्यमिक विद्यालय हेलम्बु–४मा बाल सुरक्षा तथा मानव बेचबिखन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न | एमाले पाँचपोखरी अध्यक्षमा दोकदोक तामाङ | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न | पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास सफल | मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरण रोकिने |

कुञ्चाेक, सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को निर्माणाधीन वडा कार्यालय भवनमा तोडफोड भएको छ । तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व वडा अध्यक्ष देब प्रसाद बानियाँको नेतृत्वमा आज (शनिबार) ३ बजेर २० मिनेटमा ईन्द्रावती ३ मा बन्दै गरेको वडा कार्यालयको ३ वटा पिलर ग्रेन्डर मेसिनको प्रयोग गरी काटिएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापाले जानकारी दिए ।

आज वडा कार्यालय बन्द रहेको समय पारी सो समूहले तोडफोड गरेको हो । तिन फरक राजनीतिक दलका व्यक्तिहरुको ताेडफाेडमा संलग्नता रहेको वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिए । २०८० साल असोज ६ गते वडाको संयोजनमा सर्वदलीए भेला गरी उपयुक्त स्थान छनौटको लागि ४५ दिनको समय दिईएको भएपनि सो समयमा स्थान नटुंगिएकोले गाँउ कार्यपालिकाको निर्णय अनुसार काम गरेको वडा अध्यक्ष थापाकाे भनाई छ ।

‘राजनीतिक प्रतिशोधका कारण तोडफोड गरिएकाे छ । सर्वदलिय निर्णय बिपरित गएर बन्दै गरेकाे भवनमा ताेडफाेड गरियाे’, वडा अध्यक्ष थापाले भने ‘सर्वदलिय निर्णय सबैले पालना गर्नुपर्छ नत्र बिकल्प दिनुपर्छ’ । निर्माणाधीन वडा कार्यालय तोडफोड गर्नेहरुको सिसि क्यामेराबाट पहिचान गरिएको थियाे । ताेडफाेड गर्नेहरूलाई सार्वजनिक मुद्दा चलाईने वडा अध्यक्ष थापाकाे भनाई छ ।

निर्माणाधीन वडा कार्यालय तोडफोड गर्नेहरुमा पूर्व वडा अध्यक्ष देव प्रसाद बानियाँ, तेज बानियाँ, भिम बहादुर बानियाँ, राजकुमार बानियाँ र सुब्बा बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । तोडफोडमा संलग्न भूपेन्द्र बानियाँ र ङ बहादुर थापा (भरत) फरार रहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको नवनिर्मीत भवन १ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको हो ।

 

हेर्नुहोस २०८० असोज ६ गते भएको सर्वदलिय निर्णय

यस्ताे थियाे वडा समितिकाे निर्णय

पिलरमा भएकाे क्षती र काटिएका पिलर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय