BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

कुञ्चाेक, सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को निर्माणाधीन वडा कार्यालय भवनमा तोडफोड भएको छ । तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व वडा अध्यक्ष देब प्रसाद बानियाँको नेतृत्वमा आज (शनिबार) ३ बजेर २० मिनेटमा ईन्द्रावती ३ मा बन्दै गरेको वडा कार्यालयको ३ वटा पिलर ग्रेन्डर मेसिनको प्रयोग गरी काटिएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापाले जानकारी दिए ।

आज वडा कार्यालय बन्द रहेको समय पारी सो समूहले तोडफोड गरेको हो । तिन फरक राजनीतिक दलका व्यक्तिहरुको ताेडफाेडमा संलग्नता रहेको वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिए । २०८० साल असोज ६ गते वडाको संयोजनमा सर्वदलीए भेला गरी उपयुक्त स्थान छनौटको लागि ४५ दिनको समय दिईएको भएपनि सो समयमा स्थान नटुंगिएकोले गाँउ कार्यपालिकाको निर्णय अनुसार काम गरेको वडा अध्यक्ष थापाकाे भनाई छ ।

‘राजनीतिक प्रतिशोधका कारण तोडफोड गरिएकाे छ । सर्वदलिय निर्णय बिपरित गएर बन्दै गरेकाे भवनमा ताेडफाेड गरियाे’, वडा अध्यक्ष थापाले भने ‘सर्वदलिय निर्णय सबैले पालना गर्नुपर्छ नत्र बिकल्प दिनुपर्छ’ । निर्माणाधीन वडा कार्यालय तोडफोड गर्नेहरुको सिसि क्यामेराबाट पहिचान गरिएको थियाे । ताेडफाेड गर्नेहरूलाई सार्वजनिक मुद्दा चलाईने वडा अध्यक्ष थापाकाे भनाई छ ।

निर्माणाधीन वडा कार्यालय तोडफोड गर्नेहरुमा पूर्व वडा अध्यक्ष देव प्रसाद बानियाँ, तेज बानियाँ, भिम बहादुर बानियाँ, राजकुमार बानियाँ र सुब्बा बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । तोडफोडमा संलग्न भूपेन्द्र बानियाँ र ङ बहादुर थापा (भरत) फरार रहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको नवनिर्मीत भवन १ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको हो ।

 

हेर्नुहोस २०८० असोज ६ गते भएको सर्वदलिय निर्णय

यस्ताे थियाे वडा समितिकाे निर्णय

पिलरमा भएकाे क्षती र काटिएका पिलर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय