BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मकवानपुर । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।

स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा काम गर्ने गरी “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो ।

निर्देशनालयका अनुसार विद्यालय नर्स पाँचौँ तहको पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारले एक स्थानीय तहमा मात्र आवेदन दिनु पर्नेछ निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको वेबसाइटमा रहेको दर्खास्त फारम भरी निर्देशनालय सहित प्रदेशका १३ जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय