BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । सुनकोशी गाँउपालिका वडा न ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाले सुनकोशी गाँउपालिका भित्रका आर्थिक अबस्था न्यून भएका बिरामिहरूलाई अस्पताल सम्म लैजाने र ल्याउने गरिरहेको छ ।

पुर्व स्वस्थ्य मन्त्री मोहन बहादुर बस्नेतको पहिला जनता बचाउ अनि राजनिति गरौंला भन्ने मुल नारालाई आत्मसात गर्दै बस्नेतकै निर्देशनमा सुनकोशी गाउपालिका वडा न ५  बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था द्वारा संचालित एम्बुलेन्सबाट बिरामिलाई नि:शुल्क सेवा दिदै आएको संस्थाका अध्यक्ष कुमार बस्नेतले बताए । सुनकोशीकै धार्मिक तथा पर्यटकिय आस्था बोकेको ऐतिहासिक बर्दानेश्वर महादेब मन्दिर २०७२ सालको भुकम्पले भत्काएको थियो ।

 २०७४को चुनाव पछि तत्कालीन सुनकोशी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद)को पहलमा ५ लाख बजेट बिनियोजित भई पुनर्निर्माण गरि २०७७ पुस १८ गते  पुर्ब स्वस्थ मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेका थिए।

मन्दिर संरक्षण संस्थाले २०८० चैतमा धार्मिक महोत्सव तथा श्रीमत् भागवत सप्ताह ज्ञान महा यज्ञ लगाई सहयोगी दाताहरू सँग ७ लाख ७१ हजार रूपैया समेत उठाएको थियो। धार्मिक महाेत्सव तथा सप्ताहमा भएको खर्च कटाएर बचेको रकमले २०८१ भदौबाट एम्बुलेन्स संचालनमा ल्याएको हो।

आर्थिक अबस्था कम भएका सुनकोशी २ का राजु बराललाई ठोकर्पाबाट काठमाडौं, सुनकोशी १ का पदम पहरिका छोरा यादेस पहरिलाई ठोकर्पा बाट धुलिखेल अस्पताल, सुनकोशी ३ कालिकाका डिल बहादुर सार्कीलाई ठोकर्पा आधारभुत अस्पतालबाट धुलिखेल गरि सुनकोशीका सतैवडाबाट १० जना बिरामिलाई नि:शुल्क अस्पताल पुर्याएकाे संस्थाका अध्यक्ष बस्नेतले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय