BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

मेलम्ची, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नं ११ मा प्रस्ताव गरिएकाे फट्टे पुल आयाेजनाकाे संक्षिप्त वातावरणीय अध्ययनकाे मस्याैदा प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएकाे छ ।

मेलम्ची नगरपालिकाकाे आयाेजनामा शाेमवार सार्वजनिक सुनुवाई गरिएकाे हाे । प्रविधिक सहयाेग स्टारलाइन मल्टी कन्सलटेन्सी प्रा.लि ले गरेकाे थियाे ।

मेलम्ची ११ फट्टेमा बन्ने पुलकाे लागत ३७ कराेड १७ लाख ४९ हजार रहेकाे छ । मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्राेत बाट पुल बनाउन लागेकाे हाे । सबै कुराहरू समयमै ब्यबस्थापन भएमा पुल बन्न १८ महिना लाग्ने प्राविधिकहरूले जानकारी दिएका छन । कुनै बाधाहरू आए वा समयमा रकम निकासा हुन नसकेमा पुल बन्न २ बर्ष लाग्ने इन्जिनियर प्रत्युस झाले जानकारी दिए ।

२०७८ सालमा मेलम्ची नदिमा आएकाे बाढीले फट्टेकाे पुल भत्काएकाे थियाे । पुल भत्काएपछि स्थानियलाई आवतजावत गर्न गठिन भएकाे छ । यश पुलले दुवाचाैर, पाल्चाेक, हेलम्बु, पाँचपाेखरी थाङपाल गाउँपालिका पुग्ने सडक जाेडेकाे थियाे ।

पुल भत्किएपछि दैनिक हजार जना आवतजावत गर्ने यात्रुहरूलाई मर्का परेकाे छ । पुल नभएपछि साे स्थानमा अस्थायी संरचना ह्युमपाइप जडान गरेर नगरपालिकाले यातायात सञ्चालनकाे लागि सहज बनाएकाे छ । अब साे स्थानमा पक्की पुल बनाउनकाे लागि नगरपालिकाले बजेट विनियाेजन गरिसकेकाे छ ।

आज सार्वजनिक सुनुवाई समेत सम्पन्न हुँदा स्थानिय हर्षित भएका छन । नगरपालिकाले गरेकाे सार्वजनिक सुनुवाईकाे स्थानियले प्रसंशा गरेका छन । अब छिटैनै पुलकाे ठेक्का खुल्ने नगरपालिकाले जनाएकाे छ ।

हाल बन्न लागेकाे पुलकाे लम्बाई ९० मिटर रहेकाे छ । उक्त स्थानमा पहिले ७५ मिटरकाे RCC पुल थियाे ।

कार्यक्रममा स्थानिय राम भक्त दनुवारले पुल बन्न लाग्दा आफुलाई खुसी लागेकाे बताए । ‘हामी कर्णाली पारी भएका छाैँ, पुल बन्दा लाभान्वित हुने छाैँ’, दनुवारले भने । पुर्जामा जगागा भएपनि सुकुम्बासी हुन परेकाे मा उनले दु:ख व्यक्त गरे । पहिलाकै ठाउँमा बाटाे, पहिलाकै ठाउँमा पुल हुनुपर्छ भनेर आफुले भन्दै आएकाे र अहिले नगरपालिकाले साेहि अनुसार काम गरेकाेमा उनले खुसी व्यक्त गरे ।

त्यस्तै समाजसेवी राधाकृष्ण श्रेष्ठले मेलम्ची नवलपुरकाे पुलकाे जतिकै फट्टेकाे पुलकाे महत्व भएकाे बताए । पाँचपाेखरी, हेलम्बु लगायत पाल्चाेक, आमायाङ्री जान र पर्यटकिय हिसावले फट्टेमा पक्की पुल आवस्यक रहेकाे बताए । ‘कतिले महत्वाकांक्षा भन्लान तर मेलम्ची नगरपालिकाकाे हिम्मत र साहसकाे लागि सलाम छ, याे अत्यावस्यक थियाे, याे जरूरी छ’, श्रेष्ठले भने ।

त्यस्तै स्थानिय ज्ञान प्रसाद सापकाेटाले मेलम्ची नगरपालिकाले पुल बनाउन ठुलै हिम्मत गरेकाे बताए । ‘मेलम्ची नगरपालिकाले यति ठुलाे पुल बनाउँदैछ । याे पुल नमुना पनि छ’, उनले भने । याे पुल नेपालभरिकाे नमुना पुल बन्ने उनकाे विश्वास छ । ‘याे पुल चाँडाे भन्दा जाँडाे बन्याे भने जनप्रतिनिधिले गरेकाे साहसले हाम्राे पनि इज्जत बढ्ने छ’, उनले भने ।

त्यस्तै व्यवसायी पुष्कर प्रसाद धितालले पुल बन्ने कुरामा सबै ब्यवसायी खु:सी भएकाे बताए । यस पुलमा काम गर्दा यहाँकाे लाभान्वित स्थानियले राेजगारी पाउनपर्ने धारणा राखे ।

मेलम्ची १० का वडा अध्यक्ष अमृत खनालले सबै कार्यपालिका सदस्य मिलेर पुल बनाउने निर्णय लिइएकाे जानकारी दिए । ‘याे निर्णय गर्दा धेरै चुनाैती लिइएकाे छ । हामीले धेरै कुराहरू त्यागेका छाैँ’, खनालले भने । संघ र प्रदेशले गर्नुपर्ने काम नगरले गरेर चुनाैती माेलेकाे खनालले बताए । मुआव्जाकाे कारण याे पुल राेकिन नहुने उनले धारणा राखे । ‘मुआव्जाकाे कुरा आयाे भने याे मुल अम्बाेटेमा बनाउनुहाेस, मुआब्जाकाे जिम्मा म लिन्छु’, उनले भने ।

सार्वजनिक सुनुवाईमा आएका सुझाव र जिज्ञासाकाे बारेमा धारणा राख्दै मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले याे पुल नगरकाे गाैरवकाे याेजना भएकाे बताइन । ‘दिगाे बिकासकाे आधारनै पर्यटन हाे, देशभरिकै पर्यटक लक्षित गरेर याे प्राेजेक्ट गर्ने निर्णय लिइएकाे हाे’, प्रधानले भनिन । यहाँ पुल बन्याे भने ब्यबसाय प्रवर्द्वन हुने, बजार सम्म उत्पादित सामान लैजान सजिलाे हुने उपमेयर प्रधानले बताइन । ‘याे प्राेजेक्ट सफल हुनु नै नगरपालिकाकाे गाैरवकाे कुरा हाे’, उनले भनिन ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रस्न र जिज्ञासा माथी प्रकाश पार्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल पुरानै ठाउँमा बन्न लागेकाे हुँदा समस्या नआउने विश्वास व्यक्त गरे । बाढी गएकाे २ बर्ष हुँदा समेत संघले पुल बनाउन चासाे नदेखाएकाले प्राविधिकहरू संग सल्लाह गरी पुल बनाउन लागिएकाे तामाङले जानकारी दिए । पुल बनाउँदा यहाँकाे बस्ती पनि संरक्षण हुने तामाङकाे विश्वास छ । आन्तरिक स्राेत बाट यति ठुलाे लगानीमा पुल बनाउने मेलम्ची नगरपालिका देशकै पहिलाे भएकाे उनले दावि गरे । ‘हामीले ३ बर्ष लाग्छ भन्ने साेचेका थियाैँ तर २ बर्ष भित्रमै पुल बन्ने भयाे’, मेयर तामाङले भने ‘कसैले पुल बनाउँदैन भन्ने भ्रम फैलाएकाे छ भने त्याे भ्रम हाे’ ।

त्यस्तै कार्यक्रमकाे समापन गर्दै मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले संघ र प्रदेशले बेवास्ता गरेपछि नगर आफै पुल बनाउन लागेकाे जानकारी दिए । सिंचाई, खानेपानी, सडक लगायत धेरै कुरामा नगरमा समस्या भएपनि पुल अत्यावस्यक भएकाले पक्की पुल पहिलाे प्राथमिकतामा परेकाे उनले जानकारी दिए । ‘पुल बनाउँदा बाताबरणिय हिसावले कुनै समस्या देखिएकाे छैन । प्राविधिक स्टमिट अनुसार समयमै पुल निर्माण हुन्छ’, उनले भने ।

सार्वजनिक सुनुवाइ कार्यक्रम नगर प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यता र मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङकाे सभापतीत्वमा भएकाे हाे । कार्यक्रममा वडाअध्यक्षहरु नगेन्द्र प्रसाद खतिवडा, राजु रायमाझी, जितबहादुर तामाङ, अमृत खनाल, गणेश तामाङ, प्रशासकीय अधिकृत झपेन्द्र खरेल, इन्जिनियर लगायतका कर्मचारी, पत्रकार  र स्थानीयकाे सहभागिता थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय