BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

चाैतारा । सर्वोच्च अदालतले फागुन १ गते सार्वजनिक बिदा नदिन दिएको आदेशको अवज्ञा गर्दै सिन्धुपाल्चोकका दुई स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

सरकारले यसअघि ‘जनयुद्ध’ सुरु भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गृह मन्त्रालयले समेत सोमबार सूचना प्रकाशित गर्दै फागुन १ गते कुनै बिदा नभएको प्रस्ट पारेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिकाले भने अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै नगरपालिकाअन्तर्गतका कार्यालय, स्वास्थ्य संस्थाहरु, नगरपालिका मातहतका विद्यालयहरुमा नगरपालिकाको २०८०/१०/२५ गतेको निर्णयअनुसार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै लिसंखु पाखर गाउँपालिकाले पनि फागनु १ गते सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते स्थानीय बिदा दिने गाउँ कार्यपालिकाबाट निर्णय भएको भन्दै लिसंखु पाखर गाउँपालिकाले सूचना जारी गरेको छ ।

स्थानीय तहमा माओवादीले सिन्धुपाल्चोकमा चार स्थानीय तहमा प्रमुख जितेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी र लिसंखु पाखर गाउँपालिकामा माओवादीले प्रमुख जितेको थियो । माओवादीले जितेका दुई स्थानीय तहमा बिदा दिने निर्णय गरे पनि बाँकी दुई स्थानीय तहले भने बिदा दिएका छैनन् ।

हेर्नुहाेस गृह मन्त्रालयकाे सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय